काठमाडौं । नेकपा (एमाले) विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे पालना नभए पाटीभित्रै विद्रोह हुने चेतावनी दिएका छन् ।
महाराजगंजस्थित एक पार्टी प्यालेसमा मध्यमार्गी स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरुको बैठकले १० बुँदेको अक्षरशः पालना गराउन अध्यक्ष केपी ओलीलाई थप दबाब दिने निर्णय गरेका छन् ।
फागुन २८ यता भएका सबै निर्णय खारेज गराउन अपील गरिने बैठकले निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली त्यसका लािग तयार नभए विद्रोह हुने निर्णय बैठकले गरेको छ । अध्यक्ष ओलीले १० बुँदे अक्षरशः पालना हुने बताइसकेका छन् । उनीहरुले पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव