काठमाडौं । नेकपा (एमाले) विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे पालना नभए पाटीभित्रै विद्रोह हुने चेतावनी दिएका छन् ।
महाराजगंजस्थित एक पार्टी प्यालेसमा मध्यमार्गी स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटी सदस्यहरुको बैठकले १० बुँदेको अक्षरशः पालना गराउन अध्यक्ष केपी ओलीलाई थप दबाब दिने निर्णय गरेका छन् ।
फागुन २८ यता भएका सबै निर्णय खारेज गराउन अपील गरिने बैठकले निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली त्यसका लािग तयार नभए विद्रोह हुने निर्णय बैठकले गरेको छ । अध्यक्ष ओलीले १० बुँदे अक्षरशः पालना हुने बताइसकेका छन् । उनीहरुले पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ भदौ २०७८, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश