बैतडी । लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
पहिराले बिहान ६ः ०० बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन् । सवारी साधन रोकिँदा यात्रु पनि अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ भदौ २०७८, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुपाल्चोकको कोदारीमा पहिरो: अरनिको राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा
पर्वत पहिरो अपडेट : श्रीमानको शव फेला, श्रीमती खोजी जारी
पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध