खोलाले बगाउँदा एक जना बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, ०९ : ४१
खोलाले बगाउँदा एक जना बेपत्ता

दाङ । खोलाले बगाउँदा दाङमा एक जना बेपत्ता भएका छन । दाङको शान्तिनगर गाउँपालिका ४ का ५३ वर्षीय बमबहादुर विकलाई बिहीबार बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।

उनलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस