अर्घाखाँची । पछिल्लो एक घण्टामा अर्घाखाँची जिल्लाको राणसिंग वर्षामापन केन्द्र र वरपरको क्षेत्रमा मध्यम वर्षा मापन भएकाले सो क्षेत्र तथा त्यसअन्तर्गतका खोलानालामा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिहान ७:०५ बजे जारी सूचनामा विभागले अर्घाखाँची र दाङ क्षेत्र भएर बहने साना खोलाहरूमा बहाव अचानक बढ्न सक्ने भन्दै तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू-भागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
बाढीको जोखिम रहन सक्ने देखिएकाले सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान विभागले आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलाले मोटरसाइकल बगायो
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता