काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारवाही गरेका १४ जनालाई निस्कासन गरेको सूचना तत्काल टाँस्न अनुरोध गरेको छन् । नेता ओलीले कारबाही गरेको जानकारी दिएको तीन दिन भइसक्दा पनि सूचना नटाँसेको भन्दै सभामुख अग्नी सापकोटाविरुद्ध आक्रोश पोखेका छन् । सभामुखको रूपमा निष्पक्ष भूमिका निर्वाह गर्न नसके पद छोड्न ओलीले चेतावनी दिए ।
आज एक भिडियो अन्तर्वार्तामा ओलीले सभामुख माओवादीको कार्यकर्ताका रूपमा प्रस्तुत भएको आरोपसमेत लगाए । उनले भने, ‘हिजो टोपबहादुर रायमाझीहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल संसदमा सुनाउनुभएको थियो । अहिले तीन दिनदेखि के हेरेर बसिरहनुभएको छ ? एमालेले आफ्ना सांसदहरू हटाएको सूचना किन टाँस्नुहुन्न ?’
पार्टीले कारवाही गरेपछि २४ घन्टाभित्रै सभामुखले सूचना टाँस्नुपर्ने परम्परा रहेको ओलीले बताए । सभामुखले न्यायाधीशले जस्तो छानविन र फैसला गर्नु नपर्ने उनको भनाइ छ ।
‘कागजपत्र झिकाउँछु, हेर्छु भनेको सुनियो । सभामुख न्यायाधीश हो र ? सभामुखले छानविन, फैसला हेर्ने होइन नि । निष्कासन गरेको सूचना टाँसिदिने हो । सदन चलेको भए संसदमा सुनाउने, होइन भने सूचना टाँस गर्ने काम हो । सभामुख न्यायाधीश पल्टिने हो ? माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो ? केलाई पर्खिरहनुभएको छ उहाँ ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे