तालिबानले बन्द गर्यो भारतसँगको सीमापार व्यापार

एजेन्सी

विहीबार, ०३ भदौ २०७८, १० : ४४
तालिबानले बन्द गर्यो भारतसँगको सीमापार व्यापार

एजेन्सी ।  तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यसको असर छिमेकी मुलुकमा पनि पर्न थालेको छ। तालिबानले अफगानिस्तान कब्जा गरेसंगै भारतसँगको व्यापार बन्द गरेको छ ।

सामान्यतया दुई मुलुक (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे।  फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ) का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो।

योसँगै लाखौं डलरका सामान आयात–निर्यात रोकिएका छन्। व्यापारका लागि अफगानिस्तान भारतको ठूलो सहयोगी मुलुक थियो। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडक निर्माणका लागि करोडौं डलर लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस