राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १० : १६
राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ । ६७ वर्षको उनको निधन भएको राजधानी दैनिकले जनाएको छ । उपचारको क्रममा उनको नेपाल एपीएफ अस्पतालमा बुधबार बेलुका निधन भएको हो । 

राजधानी पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन मिडिया सोसाइटीका पूर्वअध्यक्षसमेत हुन् । संविधानसभा सदस्य समेत रहेका शेरचन वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष थिए । शेरचनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस