काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गरेको आरोप लगाएका छन्।
नेता नेपालको यो कदमलाई महासचिव पोखरेलले एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा कालो धब्वा लगाउने घृणित र निन्दनीय कामको संज्ञा पनि दिएका छन्। पार्टी एकताका लागि अनगिन्ती प्रयासका बाबजुद अपराधपूर्ण काम भएको उनको भनाइ छ।
एमालेबाट बिद्रोह गरेर वरिष्ठ नेता नेपालले नेकपा एमाले समाजवादी दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।‘नेकपा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन यसबीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ’, पोखरेलले भनेका छन्। उनले गतिशील पार्टीबाट कोही बाहिरिँदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने पनि बताएका छन्।
उनले फुटको विगत हामी सबैले देखेका भोगेका हुनाले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिँदैमा धैर्यता नगुमाउन देश तथा प्रवासमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई हार्दिक अपिल पनि गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल
प्रतिस्पर्धालाई तिक्तताको रूपमा लिनुहुन्न, विचार संगठनको मामलामा एक छौ: ईश्वर पोखरेल
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
‘पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक’ : ईश्वर पोखरेल
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल