प्रदेश नं १ मा ८४१ मा कोरोना सङ्क्रमण

रासस

बुधबार, ०२ भदौ २०७८, २१ : १२
प्रदेश नं १ मा ८४१ मा कोरोना सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा  प्रदेश नं १ मा ८४१ मा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

एक हजार ५१४ को पीसीआर परीक्षण गर्दा ३९६ र एक हजार ४७५ को एन्टिजेन परीक्षण गर्दा ४४५ मा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३५ र मोरङमा १३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा तीन, पाँचथर, उदयपुर र तेह्रथुममा दुई÷दुई, ताप्लेजुङ र खोटाङमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।

सोही अवधिमा प्रदेशमा आजै ४०९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१७ महिला र १९२ पुरुष छन् । सो अवधिमा सात महिलासहित ११ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस