काठमाडौं । नेकपा एमाले विभाजन भए लगत्तै माधव नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आएका उपमहासचिव घनश्याम भुसाल अचानक पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
भुसाल किन बालकोट पुगे भन्ने विषय गोप्य नै राखिएको छ । तर अध्यक्ष ओलीसँग ‘वान टु वान’ वार्ता गर्न भुसाल बालकोट पुगेको स्रोतको भनाइ छ । भुसालले मंगलबार पनि ओलीलाई भेटेर माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।
१० बुँदे सहमतिको कार्यन्वयन गराउने र तत्काल दुवै पक्षमा संलग्न नहुने रणनीति बनाएका नेताहरुको तर्फबाट भुसालले ओलीसँग वार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ भदौ २०७८, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल