काठमाडौं । नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति कठोर कदम चाल्नुपरेको बताएका छन् । नेकपा एमाले पुनर्गठन र रुपान्तरणको सिलसिलामा वैधानिक विद्रोह गरी नयाँ पार्टी जन्माएको उनको भनाइ छ ।
एमाले समाजवादी पार्टी दर्तापछि जारी गरेको विज्ञप्तिमा नेपालले अध्यक्ष केपी शर्मा ओलीको क्रियाकलापका कारण पार्टी विभाजन निम्तिएको आरोप लगाएका छन् । नेपालले विज्ञप्तिमा भनेका छन्, ‘२०७८ साल भदौ १ गते उहाँले पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानूनी रुपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि वाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
पार्टीको ठूलो पंतिलाई अन्धकार भविष्यतिर धकेल्ने र निराशाको अवस्थामा पुग्न नदिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका लागि हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा एमालेको पुनर्गठन एववम् रुपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने वाध्यकारी अवस्था सिर्जना भएको छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ भदौ २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल