साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १५ : ४२
साफ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने

काठमाडौ । दक्षिण एशियाली फुटबल प्रतियोगिता साफको खेल तालिका सार्बजनिक गरिएको छ । प्रतियोगिता अन्तगर्तको पहिलो खेल असोज १५ गते हुनेछ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । राजधानी मालेमा उक्त खेल हुनेछ ।प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, नेपाल र माल्दिभ्स गरी छ टोलि सहभागी हुनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपालले दोस्रो खेलमा असोज १७ गते श्रीलङ्काको सामना गर्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा भारतमा सामना गर्नेछ । नेपाल र भारतबीचको स्पर्धा असोज २२ गते हुनेछ । अन्तिम खेलमा नेपालले बङ्गलादेशको सामना गर्नेछ । उक्त खेल असोज २४ गते हुनेछ ।

लिग चरणमा उत्कृष्ट हुने दुई टोलिबीच उपाधिका लागि स्प्र्धा हुनेछ । साफ च्याम्पियनशीपको उपाधिको खेल असोज २७ गते हुनेछ । साफ च्याम्पियनशीपका सबै खेल राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्शालामा खेलाइनेछ ।

प्रतियोगिताको तयारी गर्ने क्रममा नेपालको राष्ट्रिय फुटबल टोलि बन्द प्रशिक्षणमा हाल पोखरामा छ । नेपाल हालसम्म साफ च्याम्पियनशीपको फाइनलसम्म पुगेको छैन् ।

प्रतिक्रिया दिनुहोस