के होला माधव नेपालले खोल्ने पार्टीको नाम ?

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, ०८ : ३४
के होला माधव नेपालले खोल्ने पार्टीको नाम ?

काठमाडौं । नेकपा (एमाले) भित्रै ५ महिना लामो अन्तरसंर्घष चर्काएका वरिष्ठ नेता माधव नेपालले अन्ततः नयाँ पार्टी गठन गर्ने भएका छन् । सरकारले दल विभाजन सम्बन्धी मंगलबार सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्दारा जारी भएसँगै नेपाल नयाँ पार्टी गठनको प्रक्रियामा अगाडी जान खोजेका हुन् । मंगलबार दिनभित्र केपी ओली र माधव नेपालले गरेको आ आफ्नो पक्षको बैठक र तयारीले अब एमाले एकीकरणको सम्भावना टरेको छ ।

नेपाल स्वंयमले मंगलबार आफु निकटका जनवर्गीय संगठनको कार्यक्रममा अब पार्टीको पूर्नगठन गर्ने बताएका छन् । ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ । अहिले पार्टी विभाजन भए पनि एकताको ढोका खुल्ला रहने छ । अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुन्छ ।’

वरिष्ठ नेता नेपालले प्रष्टैसँग नयाँ पार्टी खोल्ने सन्देश दिईसकेका छन् । त्यसमाथी ओलीले निर्वाचन आयोगमा नेपाल पक्षका नेता प्रकाश ज्वालालाई कारवाही गरेर आफना मान्छे थप गरेर २६० जनाको केन्द्रीय कमिटि रहेको र त्यसलाई अध्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाउने देखि साउन २५ को निर्णयका आधारमा भन्दै माधव नेपाल सहित नेपाल पक्षका १४ सांसदलाई कारवाही गरिएको र हटाईएको पत्र समेत संसद सचिवालयमा मंगलबार नै पठाईसकेका छन् ।

नेपालले खोल्ने दलको नाम के राख्ने भन्ने बारेमा नेपालले दल दर्ताको तयारीमा रहेका नेताहरुसँग भने परामर्श गरिरहेका छन् । एक विश्वस्त स्रोतका अनुसार, नेपालले पार्टी नाम  नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने प्रस्तावमा छलफल गरिरहेका छन् । पार्टीको नामका बारेमा नेपालले दल दर्ता पछि अन्तिम समयमा एक पटक आफनो समुहका नेतासँग छलफल गर्ने तयारी गरेका छन् । चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा राख्न सकिनेमा पनि छलफल चलिरहेको छ ।

यसले ओलीले पनि माधव नेपाललाई एमालेभित्र स्पेश दिन नचाहेको प्रष्टै देखिएको छ । त्यसो भए अब माधव नेपालले खोल्ने पार्टीको नाम के होला ? अहिले चर्चा शुरु भएको छ । दल दर्ताको सम्पूर्ण कागजात र तयारी पूरा गर्न नेपालले कागजात (हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतं) तयार गर्ने जिम्मा स्थायी कमिटी सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल, प्रमेश हमाललगायतलाई दिइसकेका छन् । अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानुन जारी भएमा ४१ सदस्य भए पुग्छ । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा छन् । राष्ट्रिय सभामा पनि नेपाल समुहका ९ सांसद रहेको यो समूहको दाबी छ ।

अब नेपालले खोल्ने दलको नाम के राख्ने भन्ने बारेमा नेपालले दल दर्ताको तयारीमा रहेका नेताहरुसँग भने परामर्श गरिरहेका छन् । एक विश्वस्त स्रोतका अनुसार, नेपालले पार्टी नाम  नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने प्रस्तावमा छलफल गरिरहेका छन् । पार्टीको नामका बारेमा नेपालले दल दर्ता पछि अन्तिम समयमा एक पटक आफनो समुहका नेतासँग छलफल गर्ने तयारी गरेका छन् । चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा राख्न सकिनेमा पनि छलफल चलिरहेको छ ।

यसका अतिरिक्त नेपाल पक्षकै विद्यार्थी नेताले यस अगाडी नै  दर्ता गरेको नेकपा (एकीकृत) र चुनाव चिन्ह कलमका विषयमा पनि छलफल भईरहेको छ । यसलाई पनि एउटा विकल्पका रुपमा लिन सकिएला तर त्यसरी जाने तिर भन्दा नयाँ ढंगले नै जाने तिर हुन्छ होला । नेपाललाई दिल्लीमा उपचार गरिरहेका नेता झलनाथ खनालले भने साथ दिने वचन दिईसकेका छन् । पार्टीमा अध्यक्ष र वरिष्ठ नेता मात्र राख्ने, अन्य पदाधिकारी राख्ने, नराख्ने र केन्द्रीय कमिटि सानो आकारको कति सम्म बनाउने भन्नेमा पनि नेताहरुका बीचमा छलफल छ ।

अहिले एमालेमा रहेका मध्ये नेपाललाई साथ दिने सबै केन्द्रीय सदस्य नयाँ पार्टीको अनिवार्य केन्द्रीय सदस्य हुने र केही छुटनै नहुने, दुई, पाँच जनालाई मात्र थप गरेर बढीमा दुई डिजिटभित्रै समेटने गरी केन्द्रीय कमिटि बनाउने तयारीमा नेपाल समुह छ । त्यसो हुँदा ९९ जना भन्दा कमकै केन्द्रीय कमिटि नेपालले बनाउने तयारी गरेका छन् । तत्काल कुनै कम्युनिष्ट घटकसँग एकता नगर्ने र चुनावमा भने मोर्चावन्दी गरेर गठबन्धन निर्माण गरेर जान सक्ने गरी योजना बनाउन लागिएको तयारीमा रहेका नेताहरुको भनाई छ  ।

प्रतिक्रिया दिनुहोस