अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, १२ : ००
अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ।

आज बालुवाटारमा बसेको  बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय भएको हो।

यस्तै भूपू ब्रिटिस गोर्खा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लन्डनमा जारी आमरण अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

यो समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको र प्रक्रिया अगाडि बढिसकेकोले आमरण अनसन फिर्ता लिन सरकारले आह्वान गर्ने निर्णयसमेत भएको प्रवक्ता कार्कीले जानकारी दिए।