काठमाडौं । जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ मा विषालु सर्पको डसाइबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
आज साँझ घरआँगनमा खेलिरहेको समयमा विषालु सर्पको डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
सर्पको डसाइबाट गम्भीर भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा गर्मी सिजन कायमै रहेका कारण सर्पदंशका बिरामी बढ्दै गएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३१ साउन २०७८, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु