कोरोना अपडेट : थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि , ३३ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, १६ : ३९
कोरोना अपडेट : थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि , ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस