काठमाडौँ । नेकपा माओवादी केन्द्रले संगठन विस्तारलाई प्राथमिकता दिएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५२ पृष्ठ लामो विधान पेश गर्दै संगठनमा संरचनात्मक हेरफेरको प्रस्ताव ल्याएका हुन् । संशोधन गर्नका लागि उक्त विधानमाथि छलफल गरेर केन्द्रीय सदस्यहरूले राय एवं निष्कर्ष पेस गर्ने जनाइएको छ ।
तर कतिपय केन्द्रीय नेताहरुले प्रचण्डले ल्याएको उक्त विधान एमालेले अपनाउँदै आएका केही प्रावधानको नक्कल गरेर बनाइएको आरोप पनि लगाएका छन् । अध्यक्ष दाहालद्वारा पेस गरिएको विधानमा पार्टीको उपमहासचिव पनि हुने नयाँ पद सृजना गरिएको छ ।
शनिबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ७ पृष्ठको राजनीतिक एवं सांगठनिक प्रतिवेदन समेत पेश गरेका छन् । तर उक्त प्रतिवेदनमा माओवादी शान्ति प्रक्रियामा आएयताको समग्र समीक्षा नआएको भन्दै प्रश्न उठाइएको छ ।
यसअघि शनिबार प्रचण्डले संगठन निर्माण, विस्तार एवं पुनर्ताजगीका लागि आगामी असोजदेखि पुससम्म वडास्तरीय सम्मेलन हुदै राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने