काठमाडौं । बिहीबारदेखि सक्रिय भएको नेपालको मनसुनी सक्रियता अझै केही दिन कायम रहने भएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म नै मनसुनको सक्रियता एकनासको रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुनी सक्रियताले अबको केही दिन देशका धेरै स्थानमा भारी वर्षा हुनेछ । तीन दिनभन्दा बढी समय नै नेपालका अधिकांश भूभागमा भारी वर्षा हुने आकलन गरिएको छ ।
महाशाखाका अनुसार मुख्य गरी प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३१ साउन २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा वर्षा, किसानलाई राहत
तिब्बतमा वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत हुन आग्रह
वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध
धनुषामा ‘मध्यम’ वर्षा, सतर्कता अपनाउन आग्रह
कञ्चनपुरको बेलौरीमा भारी वर्षा
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा