काठमाडौं । चीनले आफना नागरिकलाई गरिबी मुक्त गरेको छ । ८३२ वटा गरिब जिल्ला र १ लाख २८ हजार गरिब गाउँ गरिबीको रेखा बाट माथि उठेका हुन् ।
चीनको राज्य परिषद् प्रेस कार्यालयले चीनको मानवअधिकार कार्य र विकासको गौरवशाली अध्याय शीर्षकको श्वेत पत्र सार्वजनिक गरेर अव कोहि नागरिक गरिव नभएको बताएको हो ।
श्वेत पत्रका अनुसार, ग्रामीण क्षेत्रमा हरेक सर्वसाधारणको वार्षिक जीवनस्तर २ हजार ३०० चिनियाँ युआनभन्दा कम भएकोलाई गरिब मानिने वर्तमानको मापदण्ड बमोजिम सन २०२० को अन्त्य सम्म चीनका समस्त ९ करोड ८९ लाख ९० हजार नागरिक गरिबीबाट मुक्त भएको उल्यख गरेको छ ।
यो संगै ८३२ वटा गरिब जिल्ला र १ लाख २८ हजार गरिब गाउँ गरिबीको सूचिबाट चिनले हटाएको छ ।
श्वेत पत्रले उल्लेख गरेअनुसार, सुधार तथा खुल्लापन नीति चलाएयता वर्तमान गरिब मापदण्ड बमोजिम चीनका ७७ करोडलाई गरिबीबाट जोगाइएको छ ।
चीनले संयुक्त राष्ट्र संघ सन २०३० दिगो विकासको गरिबी निवारण लक्ष्यभन्दा १० वर्षअघि नै पूरा गरेर विश्वको गरिबी निवारण कार्य र मानवजातिको विकासलाई ठूलो योगदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २९ साउन २०७८, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक