देउवा नेतृत्वको सरकारको आयु वैैशाखसम्म मात्र हो : हृदयेश त्रिपाठी

सफल खबर संवाददाता

शुक्रबार, २९ साउन २०७८, १३ : २२
देउवा नेतृत्वको सरकारको आयु वैैशाखसम्म मात्र हो : हृदयेश त्रिपाठी

रुपन्देही । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकारको आयु बैशाखसम्म मात्र भएको दावी गरेका छन् ।

गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको सूचना बाहिर आउन थालेको तर्क गरेका हुन् ।

त्रिपाठीले कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको जानकारी आफूले पाएको दावी गरे । सरकार चलाउन कति गाह्रो रहेछ भन्ने कुरा सरकारले पूर्णता नपाउनुले पुष्टि गरेको उनको भनाइ छ ।

संघदेखि प्रदेशसम्मको सरकार परिवर्तनले अहिलेको संरचना नै अस्थिर भएको देखिएकाले प्रदेश नै भंग हुने अवस्थाको बहस भइरहेको त्रिपाठीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस