काठमाडौँ । सबल काँग्रेस निर्माणका लागि युवा अभियान’ले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण बुझाएका छन् । अभियानले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।
दीपक भट्टराई, रञ्जित कर्ण, शिव रिमालसहितका युवा नेताको टोलीको ध्यानाकर्षणपत्र सुनेपछि सभापति देउवाले ‘हल्ला नगर’ भन्दै हकारेर फर्काएका छन् ।
‘मैले महाधिवेशन गर्ने भइसकेपछि तिमीहरु जस लिन आएका हौ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठिक छ, महाधिवेशन हुन्छ । महाधिवेशनको तयारी भइरहेको अवस्था छ । हल्ला नगर ।’
महाधिवेशनको समय सीमाको अन्तिम क्षणमा पुगिसक्दा पनि क्रियाशील सदस्यता छानविन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि प्रश्न उठ्न थालेको भन्दै उनीहरुले क्रियाशील सदस्यता विवादकै बीच विभिन्न जिल्लाका कार्यकर्ता पार्टीको केन्द्रीय कार्यालयमा धर्ना र अनसनमा बसिरहेको परिस्थितिप्रति पनि ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विधिवत् रुपमा महाधिवेशन सम्पन्न नहुने, नेविसंघ, तरुण दल लगायत भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको पूर्णता र महाधिवेशन पनि वर्षौँदेखि नगर्ने हो भने नेपाली काँग्रेसको लोकतान्त्रिक छविलाई जनस्तरमा कायम राख्न र नयाँ पुस्ताको ऊर्जा अभिप्रेरित गर्न नसकी आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी रहने हुँदा संकटबाट लोकतन्त्र र काँग्रेसलाई जोगाउन सम्पूर्ण पुस्ताको सहभागितासहितको महाधिवेशन सुनिश्चित गरियोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोध अन्त्य गर्नेबारे देउवा–प्रचण्डबिच छलफल हुने
राजीनामाको दवावमा रहेका गृहमन्त्रीलाई देउवाले धाप मारेपछि ...
देउवाले बोलाए पदाधिकारी बैठक
शेखर समूहका सदस्यहरूले देउवालाई बुझाए ज्ञापनपत्र
गभर्नर नियुक्ति छिट्टै हुन्छ: देउवा
प्रधानमन्त्री ओली र देउवाबीच छलफल