काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमाले वरिष्ठ नेता माधव नेपाल भेटन उनकै निवास कोटेश्वर पुगेका छन् । केही वेर अगाडी मात्रै प्रचण्ड नेपाल भेटन कोटेश्वर पुगेका हुन् ।
सत्ता गठव्नधन दल सरकार विस्तारको थप तयारीमा लागेपछि नेपाल भेटन प्रचण्ड कोटेश्वर पुगेका हुन् ।नेपाल र ओलीका बीचमा थप विवाद चर्किएको र नेपाललाई अलग्गै राखेर ओलीले धमाधम एकलौटी पार्टी काम अगाडी ब ढाउने, आफुलाई थप अिधकार लिने गरी फेरि गत फागुन २८ कै निर्णयलाई निरन्तरता दिने गरी अगाडी बढेपछि एमालेभित्रको विवाद मिल्ने भन्दा झन बिग्रने वतावरणमा पुगेको छ ।
यही बेला नेपाललाई भेटन प्रचण्ड पुगेका हुन् । प्रचण्ड र माधव नेपालका बीचमा पटक पटक भेटघाट र राजनीतिक कुराकानी हुदै आएको छ । हिजो मात्रै देउवाको दुत बनेर गृहमन्त्री बालकृष्ण खाँण पनि माधव नेपाल भेटन नेपाल निवास कोटेश्वर गएका थिए । उनले पनि नेपाल पक्षलाई सरकारमा आउन अपिल गरेका थिए ।
नेपालले आफु निकटका केन्द्रीय नेताहरुसँगको अबको राणनीतिका बारेमा छलफल गरिरहेका बेला नेपाल निवासमा सत्ता गठबन्धन दलका नेताहरुको बाक्लो भेटघाट पनि शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल