काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एमाले वरिष्ठ नेता माधव नेपाल भेटन उनकै निवास कोटेश्वर पुगेका छन् । केही वेर अगाडी मात्रै प्रचण्ड नेपाल भेटन कोटेश्वर पुगेका हुन् ।
सत्ता गठव्नधन दल सरकार विस्तारको थप तयारीमा लागेपछि नेपाल भेटन प्रचण्ड कोटेश्वर पुगेका हुन् ।नेपाल र ओलीका बीचमा थप विवाद चर्किएको र नेपाललाई अलग्गै राखेर ओलीले धमाधम एकलौटी पार्टी काम अगाडी ब ढाउने, आफुलाई थप अिधकार लिने गरी फेरि गत फागुन २८ कै निर्णयलाई निरन्तरता दिने गरी अगाडी बढेपछि एमालेभित्रको विवाद मिल्ने भन्दा झन बिग्रने वतावरणमा पुगेको छ ।
यही बेला नेपाललाई भेटन प्रचण्ड पुगेका हुन् । प्रचण्ड र माधव नेपालका बीचमा पटक पटक भेटघाट र राजनीतिक कुराकानी हुदै आएको छ । हिजो मात्रै देउवाको दुत बनेर गृहमन्त्री बालकृष्ण खाँण पनि माधव नेपाल भेटन नेपाल निवास कोटेश्वर गएका थिए । उनले पनि नेपाल पक्षलाई सरकारमा आउन अपिल गरेका थिए ।
नेपालले आफु निकटका केन्द्रीय नेताहरुसँगको अबको राणनीतिका बारेमा छलफल गरिरहेका बेला नेपाल निवासमा सत्ता गठबन्धन दलका नेताहरुको बाक्लो भेटघाट पनि शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’