काठमाडौँ । नामिबियाको सरकारले ५७ वटा हात्ती बिक्री गरेको छ । खुल्ला मूल्य बढाबढका आधारमा ती हात्तीहरू बिक्री गरिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
नामिबियाको वातावरण मन्त्रालयका प्रवक्ता रोमेओ मुयुन्डाले बिक्रीका लागि १७० हात्ती राखेको भए पनि ५७ वटा मात्रै बिक्री भएको जानकारी दिए । उनका अनुसार नामिबिया सरकारले गत वर्ष सन् २०२० को डिसेम्बरमा ती हात्तीहरू बिक्रीका लागि बोलपत्र नै आह्वान गरेको थियो ।
“बिक्रीका लागि राखिएका हात्तीमध्ये १५ वटा नामिबियाभित्र नै बिक्री भएको छ भने अरू ४२ वटा निर्यात गरिने भएको छ,” मुयुन्डाले भने । बिक्री गरिएका हात्ती समात्ने काम भने यही महिनादेखि सुरु हुने र त्यसपछि मात्रै सम्बन्धित क्रेतालाई हस्तान्तरण गरिने प्रवक्ता मुयुन्डाले जानकारी दिए ।
हात्तीको सङ्ख्या धेरै हुँदै गएपछि हात्ती र मानिसबीच द्वन्द्व बढेकाले त्यसलाई न्यूनीकरण गर्नका लगि हात्ती बिक्री गर्नुपरेको अधिकारीहरूले बताएका छन् । हात्तीले मानव जीवनमा नकारात्मक असर पारेको, मानवीय क्षति गरेको लगायतका कारणले हात्ती नियन्त्रण गर्नुपर्ने आवाज उठेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २७ साउन २०७८, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु