काठमाडौँ । नामिबियाको सरकारले ५७ वटा हात्ती बिक्री गरेको छ । खुल्ला मूल्य बढाबढका आधारमा ती हात्तीहरू बिक्री गरिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
नामिबियाको वातावरण मन्त्रालयका प्रवक्ता रोमेओ मुयुन्डाले बिक्रीका लागि १७० हात्ती राखेको भए पनि ५७ वटा मात्रै बिक्री भएको जानकारी दिए । उनका अनुसार नामिबिया सरकारले गत वर्ष सन् २०२० को डिसेम्बरमा ती हात्तीहरू बिक्रीका लागि बोलपत्र नै आह्वान गरेको थियो ।
“बिक्रीका लागि राखिएका हात्तीमध्ये १५ वटा नामिबियाभित्र नै बिक्री भएको छ भने अरू ४२ वटा निर्यात गरिने भएको छ,” मुयुन्डाले भने । बिक्री गरिएका हात्ती समात्ने काम भने यही महिनादेखि सुरु हुने र त्यसपछि मात्रै सम्बन्धित क्रेतालाई हस्तान्तरण गरिने प्रवक्ता मुयुन्डाले जानकारी दिए ।
हात्तीको सङ्ख्या धेरै हुँदै गएपछि हात्ती र मानिसबीच द्वन्द्व बढेकाले त्यसलाई न्यूनीकरण गर्नका लगि हात्ती बिक्री गर्नुपरेको अधिकारीहरूले बताएका छन् । हात्तीले मानव जीवनमा नकारात्मक असर पारेको, मानवीय क्षति गरेको लगायतका कारणले हात्ती नियन्त्रण गर्नुपर्ने आवाज उठेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २७ साउन २०७८, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगली हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु