काठमाडौँ । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताए। जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो ।
विमानमा सवार चालक दलका सदस्य सकुशल रहनुभएको छ । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर विमान रहेको छ । विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षति नभएको विमानास्थलले जनाएको छ ।
उक्त जहाजलाई पार्किङस्थलसम्म ल्याइएको छ । नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ साउन २०७८, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते