लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन एक घण्टाका लागि स्थगित

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १३ : ५९
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन एक घण्टाका लागि स्थगित

रुपन्देही । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको छिनोफानो गर्न बसेको लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । सभामुख पूर्ण घर्तीले एक घण्टाका लागि बैठक स्थगन गरिएको जानकारी सभामा दिए । अर्को बैठक पौने ३ मा बस्नेछ ।

मुख्यमन्त्री पोखरेलले भने प्रदेशप्रमुख अमिक शेरचनालाई राजीनामा दिइसकेका छन् । उनले राजीनामा दिए पनि उनीविरुद्ध प्रदेशसभाको बैठकमा अविश्वास प्रस्ताव छलफलका लागि पेस भएको छ।

जसविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको हो उसले त्यसको समाना गर्नुअघि नै राजीनामा दिएपछि त्यस सम्बन्धी प्रस्ताव कानुनी रुपमा स्वतः निष्क्रिय हुन्छ । तर, राजीनामाको पत्र प्रदेश प्रमुखबाट प्रदेशसभा सचिवालयमा प्राप्त भइनसकेकाले बैठक बसेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।पोखरेलविरुद्धको अविश्वास प्रस्तावको टुंगो लगाउन डाकिएको प्रदेशसभा बैठक सत्तारुढ एमालेले भने बहिष्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस