लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशननको कार्यसूची तय,सत्ता पक्ष अनुपस्थित

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १३ : २३
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशननको कार्यसूची तय,सत्ता पक्ष अनुपस्थित

file-photo

काठमाडौं । बुधबार तय भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशननको कार्यसूची तय भएको छ । जसअनुसार अहिले केहीबेरपछि अर्थात दिउँसो १ बजे बस्ने बैठकमा सुरुमा सभामुखले प्रदेश प्रमुखबाट प्रेषित विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र बढेर सुनाउनेछन् । 

त्यसपछि जनता समाजवादी पार्टीका सदस्यहरुमाथि भएको कारबाही बारे सभालाई जानकारी गराउने कार्यसूची रहेको छ । त्यसपछि मुल विषय अविश्वासको प्रस्तावमाथि छलफल प्रक्रिया अघि बढ्नेछ । 

बैठकमा अविश्वास प्रस्तावमाथिको प्रस्तावकमध्येका एक सांसद वीरेन्द्र कुमार कानौडियाले वक्तव्यसहित सभामा अविश्वास प्रस्ताव पेश गर्नेछन् भने सोमाथि छलफल भइ मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनेछन् । 

त्यसपछि सभामुखले अविश्वासको प्रस्ताव फिर्ता लिन चाहेमा समय दिनेछन् भने फिर्ता लिन नमानेमा मत विभाजनद्वारा निणर्याथ मतविभाजनको परिणाम घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस