काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका ३५ सदस्यीय कार्यकारिणी समितिलाई अध्यावधिक गरेको छ ।
जसपाले महन्थ ठाकुरसहितका १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाउन गरेको निर्णयलाई आयोगले अध्यावधिक गरेको हो । यो निर्णयसँगै ठाकुर पक्षका १६ सदस्यीय कार्यकारिणी समितिका सदस्य स्वतः हटेका छन् भने ठाकुरको जसपा अध्यक्ष पद पनि गुमेको छ ।
आयोगले यही साउन ११ गते जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको केन्द्रीय कार्यकारिणी समितिका अध्यावधिक गर्न पत्र आयोगलाई पत्र पठाउनुभएको थियो । जसपाको निर्णयलाई आयोगको आज भएको बैठकले अध्यावधिक गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २५ साउन २०७८, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने