काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका ३५ सदस्यीय कार्यकारिणी समितिलाई अध्यावधिक गरेको छ ।
जसपाले महन्थ ठाकुरसहितका १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाउन गरेको निर्णयलाई आयोगले अध्यावधिक गरेको हो । यो निर्णयसँगै ठाकुर पक्षका १६ सदस्यीय कार्यकारिणी समितिका सदस्य स्वतः हटेका छन् भने ठाकुरको जसपा अध्यक्ष पद पनि गुमेको छ ।
आयोगले यही साउन ११ गते जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको केन्द्रीय कार्यकारिणी समितिका अध्यावधिक गर्न पत्र आयोगलाई पत्र पठाउनुभएको थियो । जसपाको निर्णयलाई आयोगको आज भएको बैठकले अध्यावधिक गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २५ साउन २०७८, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने
समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज