भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार संक्रमित थपिए, ४ सय ४७ संक्रमितको मृत्यु

एजेन्सी

सोमबार, २५ साउन २०७८, १२ : ०९
भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार संक्रमित थपिए, ४ सय ४७ संक्रमितको मृत्यु

नयाँ दिल्ली । भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३६ हजार ३५ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ६९ हजार ५५८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ९ हजार ३२७ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ४४७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ३३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस