काठमाडौँ । विशेष अदालत नेतृत्वविहीन भएको तीन साता पूरा भए पनि न्याय परिषद्ले नयाँ अध्यक्ष सिफारिस गरेको छैन । तत्कालीन अध्यक्ष प्रेमराज कार्कीलाई अध्यक्ष नियुक्ति भएको छोटो अवधिमा नै काज सरुवा गरिएपछ अदालत नेतृत्वविहीन भएको हो ।
नेतृत्व नहुँदा कतिपय कामकाजसमेत प्रभावित भएका छन् । न्याय परिषद्को सिफारिसमा विशेषका अध्यक्ष र सदस्यहरू तोक्ने कार्य भने मन्त्रिपरिषद्ले गर्ने व्यवस्था रहेको छ ।
साउन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अध्यक्ष कार्कीलाई काज सरुवा गर्नुभएको थियो । कार्कीलाई उच्च अदालत विराटनगरको इलाम इजलास सरुवा गरिएको हो । न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले आइतबारसम्म अध्यक्ष सिफारिस नभएको बताए । कार्कीले भने, ‘‘अहिलेसम्म विशेषमा अध्यक्ष सिफारिस भएको छैन । यसबीचमा परिषद् त बस्यो तर अर्कै एजेन्डा थियो ।’’
विशेष अदालतमा अहिले अध्यक्षबाहेक अन्य पाँच सदस्य कार्यरत छन् । न्यायपरिषद्को सिफारिसमा सरकारले विशेषमा अध्यक्ष र सदस्य तोक्ने व्यवस्था छ । अब अध्यक्ष तोक्नका लागि परिषद्ले पहिले सरकारसमक्ष सिफारिस गर्नुपर्नेछ ।
परिषद्को सिफारिसअनुसार सरकारले काम तोक्नेछ । अहिले विशेषमा पाँच न्यायाधीश कार्यरत छन् । अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती, नित्यानन्द पाण्डेय, शान्तिसिंह थापा र चन्द्रबहादुर सारु सदस्यका रूपमा कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ साउन २०७८, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवहेलनाको प्रतिवेदन सुनुवाई गर्न विशेष अदालतमा सबै न्यायाधीशको इजलास गठन
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर