दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १० : ५८
दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डिमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ ।

कोरोना संक्रमण पछि अस्पतालमा भर्ना भएकी घोराही उपमहानगरपालिका वडा नम्वर १७ बस्ने ७९ बर्षिया एक महिलाको आज (आइतवार) बिहान सवा आठ बजे निधन भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

कोरोना संक्रमण पछि उनि साउन १५ गतेदेखी अस्पतालमा भर्ना हुनु भएकी थिइन् । अस्पतालको आईसियु कक्षमा उपचाररत उनलाई निमोनिया संगै श्वासप्रश्वासमा समस्या देखिएको थियो । अस्पतालमा अझै ६ जना आईसियु कक्षमा उपचाररत रहेको व्यवस्थापक वलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस