किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, ०७ : ५४
किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

काठमाडौँ । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को  विजेता किरण गजमेर बनेका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् । किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन । 

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए । 

प्रतिक्रिया दिनुहोस