काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको नाममा बाँदरे नाच देखाइएको बताएका छन् । उनले पार्टीमा व्यक्तिले आफैं सबैथोक भन्ने गरेकाले अहिले विभाजनको अवस्था देखिएको बताए ।
एमालेमा समानान्तर कमिटी सक्रिय बनाउँदै लाने घोषणा अनुरुप शनिबार आफूपक्षीय जनवर्गीय संगठनले ललितपुरमा गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले एमाले मिलाउन अध्यक्ष ओली नै प्रमुख जिम्मेवार हुनुपर्ने पनि संकेत गरे। उनले भने, ‘घमण्ड, अहंकार, म नै सबैथोक हुँ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको छ ।
उनले म नै सबैथोक, सर्वज्ञानी भन्ने अहंकार र घमण्ड बढेर जाँदा अहिलेको संकट आएको बताए । उनले भने, ‘एमालेलाई बचाउन आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नु जरुरी छ।’ जनवर्गीय संगठनको कार्यक्रमलाई सम्बोधनका क्रममा वरिष्ठ नेता नेपालले पार्टी एकताका नाममा अनेक हर्कत भइरहेको टिप्पणी गरे।
उनले त्रुटी र गल्ती नगर्ने मान्छे कोही नहुने टिप्पणी गर्दै तर सच्चिन आँट गर्नुपर्ने पनि बताए। शुक्रबार मात्रै सकिएको नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले पनि ओलीले सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने निर्णय लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ साउन २०७८, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्यानलमा पृथ्वीसुब्बाले छोडे महासचिवको दावी, उपाध्यक्षमा सहमति
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आजै, मतदान भोली
एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता
एमालेको निर्वाचन तालिका सार्वजनिक
एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्कायो, अब १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने
एमाले केन्द्रीय कमिटी बैठक सुरु