कोरोना अपडेट : २४ घण्टामा ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १७ : ०२
कोरोना अपडेट : २४ घण्टामा ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ७३ जनामा गरिएको परीक्षणमा ३ हजार २ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको छ । अहिलेसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस