चितवनमा तीन संक्रमितको मृत्यु, १७३ थपिए

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १६ : ५२
चितवनमा तीन संक्रमितको मृत्यु, १७३ थपिए

चितवन । चितवन जिल्लाका विभिन्न अस्पतालमा आज तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनमा आज १७३ जना कोरोना संक्रमित थपिएका छन् ।  चितवन मेडिकल कलेजमा दुई जना र भरतपुर अस्पतालमा एक जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मृतक तीनमध्ये चितवनका दुई जना र नवलपुरका एक जना रहेका छन् । 

पछिल्लो २४ घन्टामा चितवनमा ६९ जनामात्र संक्रमणबाट मुक्त भएका छन् । यहाँका विभिन्न अस्पतालबाट २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । चितवनका अस्पतालमा २६१ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् ।आईसीयूमा ९१ जना, भेन्टिलेटरमा ३० जना, एचडीयूमा ५० जना र जेनरल बेडमा १२० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । भेन्टिलेटरमा संक्रमित बिरामीको संख्या बढ्दै गइरहेको अस्पतालले जनाएको.छ । 

पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिकामा ११९ जना, खैरहनी नगरपालिकामा ५ जना, माडीमा १२ जना, रत्ननगरमा २७ जना, राप्ती नगरपालिकामा तीन जना, कालिकामा चार जना र इच्छाकामनामा तीन जना संक्रमित थपिएका छन् ।   चितवनमा कोरोना संक्रमणबाट ३४६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस