सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो ।
विनियोजित रकमबाट प्रति शिक्षकलाई ७० प्रतिशत र शिक्षकको तर्फबाट ३० प्रतिशत बेहोर्ने गरी १५ शिक्षकलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक जनक अधिकारीले बताए ।
शुक्रबार एक कार्यक्रमबीच ९ नम्बर वडाका वडाध्यक्ष कमलबहादुर खड्काले शिक्षकलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् । प्रत्येक कक्षाकोठामा श्रव्य दृश्य माध्यमको प्रयोग गरी सबै शिक्षकलाई सोको तयारीका लागि आवश्यक प्रशिक्षण दिई आगामी एक वर्षभित्र प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गरिने प्रधानाध्यापक अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २३ साउन २०७८, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक कर्मचारीहरुको पेशागत सुरक्षाको माग गर्दै हिस्टुन आन्दोलनमा जाने
माविमा एकै शिक्षकले दुई विषय पढाउनुपर्ने व्यवस्था गरिँदै
सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ
राहत शिक्षकहरूले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?