कोरोना कहरबाट विदेशमा ४८६ नेपालीको निधन

पत्रपत्रिकाबाट

शनिबार, २३ साउन २०७८, ०८ : ००
कोरोना कहरबाट विदेशमा ४८६ नेपालीको निधन

काठमाडौं । विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ। हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ। 

गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार कोभिडका कारण गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ। २९ देशमा रहेका नेपालीले विदेशमा ज्यान गुमाएका हुन्। संघको स्वास्थ्य समितिकाअनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोभिडबाट प्रभावित भएका छन्। 

संघका अनुसार १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ। यसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडमुक्त भइसकेका छन्। विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४ सय ५ जना नेपाली संक्रमित भएका छन्। उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ। स्वास्थ्य समितिका संयोजक डा। सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१।८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।

कोभिडकै कारण वैदेशिक रोजगारीको आकार खुम्चिएको छ। पछिल्लो समयमा करिब डेढ लाखको संख्यामा नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन्। कोभिड अघिसम्म बर्सेनि करिब ५ लाखको संख्यामा वैदेशिक रोजगारीमा नेपाली जाने गरेका थिए। कोभिडका कारण विदेशबाट रोजगारी गुमाएर फर्किनेको संख्या ५ लाख नाघेको छ। नेपालमा रोजगारीको अवसर सिर्जना गर्न ध्यान नदिइएकाले थप बेरोजगारको समस्या निम्तिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस