माधव पक्षको स्थायी समिति बैठक सकियो

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १५ : ४२
माधव पक्षको स्थायी समिति बैठक सकियो

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ । काठमाडौँको बुद्धनगरमा  बसेको बैठक केहीबेर अघि सकिएको हो ।

बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा छलफल भएको श्रोतको भनाई छ । बैठकमा फेरि बस्ने केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुले उठाएका विषयमा नेतृत्वले समष्टीगत रुपमा जवाफ दिने निर्णय भएको जनाइएको छ ।

स्थायी समिति बैठक सकिनुअघि सो समूहको केन्द्रीय समिति बैठक बसेको थियो । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । 

प्रतिक्रिया दिनुहोस