सिन्धुपाल्चोक । लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।
बिहान मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो झरी मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सहजताका लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए । पहिरोसंगै मेलम्चीबाट काठमाडौं ओहोरदोहोर गर्ने यातायातका साधन र यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २२ साउन २०७८, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध