माधव पक्षले बोलायो भोलि केन्द्रीय समितिको बैठक

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, २१ : २२
माधव पक्षले बोलायो भोलि केन्द्रीय समितिको बैठक

काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

राजधानीमा बोलाइएको सो बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ।  बैठकले आफ्नो समूहको भावी रणनीति लगायतका विषयमा धारणा तय गर्ने बताइएको छ । 

यता संस्थापन अर्थात ओली समूहले सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस