चितवनका अस्पतालमा एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १६ : ३६
चितवनका अस्पतालमा एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनका विभिन्न अस्पतालमा आज एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकहरु मध्ये चितवनमा पाँच जना, नवलपुरको तीन जना, गोरखाको एक जना र मकवानपुरको एक जना रहेका छन् । विगत एक महिनाको तथ्यांक हेर्दा यो संख्या सबैभन्दा बढी हो । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार  भरतपुर अस्पतालमा दुई जना, चितवन मेडिकल कलेजमा सात जना र पुरानो मेडिकल कलेजमा एक जना गरी १० जनाको मृत्यु भएको छ।

चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमितका बिरामीको संख्या २५३ पुगेको छ । भेन्टिलेटरमा रहनेको संख्या बढेर २४ पुगेको छ । आइसियूमा ८७ र एचडियुमा ५५ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस