एजेन्सी । अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा आक्रमण भएको छ । राजधानी काबुलमा रहेको उनको आवासमा मंगलबार राति स्थानीय समयअनुसार ८ बजेतिर बम बिस्फोट स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
रक्षा मन्त्रालयका प्रवक्ताले मन्त्री मोहम्मादी बिस्फोट हुँदा घरमा नरहेकाले सुरक्षित रहेको बताएका छन्। उनको परिवारका अरू सदस्य पनि सुरक्षित छन्। बिस्फोटको केहीबेरमा घटनास्थल पुगेका सुरक्षाकर्मीले चार जना आक्रमणकारीलाई मारेको समाचारमा जनाइएको छ।
काबुलको शिरपुर क्षेत्रमा उच्च सरकारी अधिकारीहरूका आवास बनाइएको छ। यसैबीच मंगलबार दिउँसो काबुलमा भएको अर्को बिस्फोटमा परी चार जना सर्वसाधारणको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २० साउन २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल
पाकिस्तानी आक्रमणमा अफगानिस्तानका ३ खेलाडीसहित ५ जनाको मृत्यु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु