काठमाडौं । लुम्विनी प्रदेश सभा सदस्य विमला वली कहिले एमाले, कहिले माओवादी बनिरहेकी छिन् । तत्कालिन एमाले र माओवादी एकताका बेला नेकपाबाट उपचुनावमार्फत प्रदेश सभा सदस्य निर्वाचित वलीको पद धरापमा परेको छ । उनको पद धरापमा अरुका कारण होइन, उनी आफ्नै कारणले पर्न लागेको हो । उनका श्रीमान उत्तरकुमार वली एमाले नेता थिए । उत्तरले दाङको दाङ निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा ‘ख’ बाट निर्वाचन जितेका थिए ।
तर उनको २०७५ फागुन १० गते बुटवलबाट दाङ फर्किदै गरेका बेला सवारी दुर्घटनामा मृत्यु भयो । त्यपछि त्यो क्षेत्रमा उपचुनाव भयो । त्यसबेला एमाले र माओवादी पार्टी एक भईसकेको थियो । नेकपाबाट उपचुनावमा सूर्य चिन्ह लिएर उत्तरकै श्रीमाती विमला वलीलाई उम्मेदवार बनाउने निर्णय नेकपाले लियो । विमला उम्मेदवार बनिन्, उनले नेकपाबाट चुनाव पनि जितिन् । तर परिस्थिती यस्तो भईदियो, उनले जुन पार्टीको नाममा चुनाव जितिन्, त्यो पार्टी नै रहेन् ।
सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपाको नाम ऋषि कट्टेलसँग रहेको भन्दै एमाले र माओवादीलाई पूर्ववतः अवस्थामा फर्काइदियो । पार्टी एकता बदर गर्ने सम्मको काम अदालतबाट भयो । त्यसपछि भने उनी सहित उपचुनाव र राष्टि«य सभाको चुनावमा नेकपाबाट जितेका नेताहरु अब कता लाग्ने ? दुविधामा परे । नेकपावाट चुनाव जितेका उनीहरुले एमाले रोज्ने की माओवादी ? दुविधा थियो । आयोगले त्यसपछि उनीहरुलार्इ स्वविकेका आधारमा रोज्न पाउने बतायो । राष्ट्रिय सभामा नारायणकाजी श्रेष्ठ लगायतले नेकपा माओवादी केन्द्र रोजे । वेदुराम भुषालहरुले स्वतन्त्र रहने जिकिर गरेर निवेदन दिए ।
सूर्य चिन्हबाट चुनाव लडेको र एमालेको जिल्ला कमिटि सदस्य रहेकोले एमाले रोजेको उनको दोस्रो वक्तब्य आएको छ । एकाएक माओवादीको सम्पर्कबाट हराएकी उनले ४ दिनपछि सोमबार वक्तब्य दिएर एमालेमा रहेको बताएकी हुन् । तर अब उनको पद धरापमा परेको छ, त्यो पनि आफ्नै कारणले । सर्वोच्चको फागुन २३ को फैसलाले एमाले र माओवादी केन्द्र अलग भएपछि नेकपाबाट चुनाव जितेकाले एक् पटक मात्र आफु कुन दलमा रहने भनी रोज्न पाउने सुविधा पाएका हुन् । तर महिनौमा पटक पटक फेरिने गरि कहिले एमाले र कहिले माओवादी केन्द्र रोज्न पाउने गरी छुट दिएको होइन् ।
प्रदेश सभामा जितेकी विमलाले पनि माओवादी नेताहरु सहयोगी रहेको, माओवादी नेताहरु जगप्रसाद शर्मा (अपार) र दामा शर्माले बढी सहयोग गरेको भन्दै उनले प्रदेश सभामा माओवादी रोज्ने जनाइन् । एमालेले उनलाई एमाले सांसद नै हुने बताएपनि उनले प्रदेश सभा दल कार्यलय, प्रदेश सभा सचिवालय देखि निर्वाचन आयोग सम्मलाई आफु तत्कालिन नेकपाबाट चुनाव जितेको कारण अब माओवादी केन्द्रमा रहने र माओवादी रोज्ने भन्दै निवेदन नै दिइन् । त्यसपछि उनी माओवादी केन्द्रको प्रदेश सभा सदस्य भइन् ।
एमालेले उनले एमाले छोडन नपाउने भनेपनि कानुनी रुपमा उनलाई कारवाही गर्न जाने वैधानिक आधार नभेटेपछि बाहिर कारवाही गर्ने बताएपनि काुननी कारवाहीमा गएका थिएन् । तर अहिले मुख्यमन्त्री शंकर पोखरेलेको पद धरापमा परेपछि उनीमाथी अनेक प्रलोभन पारेर एमालेले उनलार्इ एमालेमै फर्काएको छ । उनले सोमबार आफु एमालेमै रहने घोषणासहितको दुई पन्ने विज्ञप्ती नै जारी गरिन् ।
सूर्य चिन्हबाट चुनाव लडेको र एमालेको जिल्ला कमिटि सदस्य रहेकोले एमाले रोजेको उनको दोस्रो वक्तब्य आएको छ । एकाएक माओवादीको सम्पर्कबाट हराएकी उनले ४ दिनपछि सोमबार वक्तब्य दिएर एमालेमा रहेको बताएकी हुन् । तर अब उनको पद धरापमा परेको छ, त्यो पनि आफ्नै कारणले । सर्वोच्चको फागुन २३ को फैसलाले एमाले र माओवादी केन्द्र अलग भएपछि नेकपाबाट चुनाव जितेकाले एक् पटक मात्र आफु कुन दलमा रहने भनी रोज्न पाउने सुविधा पाएका हुन् । तर महिनौमा पटक पटक फेरिने गरि कहिले एमाले र कहिले माओवादी केन्द्र रोज्न पाउने गरी छुट दिएको होइन् ।
वलीले माओवादी केन्द्र रोज्ने भनेर प्रदेश सभा दल देखि निर्वाचन आयोग सम्म निवेदन दिएर माओवादी केन्द्रको प्रदेश सभा सदस्य बनेकी थिइन् । अहिले फेरि उनले त्यसलाई बिर्सेर एमाले रोजेको घोषणा गरेकी छिन् । एकपटकलाई मात्र दल रोज्ने छुट दिएको हो, न की पटक पटक फेरिरहन, निर्वाचन आयोगका एक् अधिकारीले भने, माओवादी केन्द्रले उनलाई पदमुक्त गर्ने गरी कारवाही प्रक्रिया अगाडी बढाए अब उनको पद धरापमा पर्न सक्छ ।
माओवादी केन्द्रले उनलाई स्पष्टिकरण सोध्ने र कारवाही प्रक्रिया अगाडी बढाएर प्रदेश सभामा निवेदन दर्ता गराएमा वलीको पद जान सक्ने देखिन्छ । यसले विमला आफैको कहिले एमाले कहिले माओवादीको रोजार्इले उनको पद धरापमा परेको छ । दाङ निर्वाचन क्षेत्र नं. ३ को प्रदेशसभा ‘ख’ मा फेरि एकपटक अब उपचुनाव हुनेतिर जाने सम्भावना बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने