काठमाडौ । यस वर्षको मनसुन सुरु भएपछि मनसुनजन्य विपद्का कारण ६६ जनाको मृत्यु भएको छ । ४० जना अझै बेपत्ता भएका छन् । यस्तै ८१ जना घाइते भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले सोमबारको राष्ट्रिय सभा बैठकलाई जानकारी गराएअनुसार मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्कीलगायतका ५५ जिल्ला प्रभावित भएका छन् । खाँणका अनुसार विभिन्न ४० जिल्लामा ६ सय १९ घर पूर्णरूपमा र १ सय ६२ घर आंशिक रूपमा क्षति भएको छ ।
गत १ असारमा सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, यांग्री र लार्के नदीमा आएको बाढीबाट ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका थिए । ३ सय ३८ घर पूर्णरूपमा क्षति भएको छ भने सातवटा पुल, १४ वटा झोलुंगे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवनमा क्षति पुगेको छ । सोही दिनको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्कसमा क्षति पुगेको छ ।
आइतबार बिहानैदेखि मेलम्ची नदीमा बाढी आउँदा अझै जनजीवन त्रासमा रहेको छ । जनजीवन सामान्य अवस्थामा फर्किंदै गर्दा १६ र १७ साउनमा फेरि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा थप क्षति पु¥याएको छ । लेदो, गेग्रानसहितको बाढीले ५३ वटा घर, एउटा पक्की पुल, एउटा झोलुंगे पुल र एउटा सामुदायिक भवनमा क्षति भएको गृहमन्त्री खाँणले जानकारी दिए ।
आइतबारको बाढीले हेलम्बु क्षेत्रमा पुग्ने राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सो स्थानमा जानका लागि वैकल्पिक बाटोका रूपमा काठमाडौं, सुन्दरीजल, पाटी भन्ज्याङ, चित्रे, कुटुम साँगा हुँदै मेलम्ची खानेपानी मुहानसम्म पुग्ने सडक मार्ग सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिइएको मन्त्री खाँणले सभालाई जानकारी गराए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक साताभित्र देशभर मनसुन सक्रिय हुने
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
१३ दिनअगावै नेपालमा मनसुन भित्रँदै
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
५ प्रदेशमा फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्दै