काठमाडौँ । पूर्वप्रधानमन्त्री तगा नेता माधव कुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । उनले आफ्नो चाहना अरु सदस्यको जस्तै होस् भन्ने रहेको उल्लेख गर्दै त्यसका लागि सम्मानजनक र सुव्यवस्थित ठाउँ चाहिने बताए ।
सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्वोधन गर्दै उनले भने, ‘कमरेडहरु सवैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्वार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’
सो क्रममा छलफलका अन्य स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शव्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
यस्तै मुख्य नेताका अभिव्यक्तिले पार्टी एकता प्रकृयामा आँच नपुगोस् भन्नेतर्फ सम्वद्ध पक्षले ध्यान दिनुपर्ने राय राखेका थिए । बैठकमा नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ साउन २०७८, २१ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश