तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले नमूना पशु अस्पताल निर्माण शुरु गरेको छ । कार्यालयमार्फत बोलपत्र आह्वान गरी निर्र्माण कम्पनीसँग ठेक्का सम्झौता पश्चात् अस्पतालको भवन निर्माण अघि बढाइएको हो ।
डेढ वर्षभित्र सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि। चितवनले निर्माणको जिम्मा पाएको पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए ।
पहिलो चरणमा सेमी ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो । उनले भने,“बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको छ ।” नेपालको ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको हो । गण्डकी प्रदेश सरकारको रु दश करोडको लागतमा कार्यालय परिसरमा रहेको ६०५।४४ मिटर क्षेत्रफलमा अस्पताल निर्माण शुरु गरिएको छ ।
अस्पतालको भवन निर्माण पश्चात् आधुनिक उपकरण जडान गरिनेछ । उनले भने,“व्यवस्थित प्रयोगशाला, भिडियो एक्सरे, एक्सरेको साथसाथै प्रविधिक जनशक्ति व्यवस्था गरिने छ ।” दमौलीमा पशु अस्पताल बनेपछि छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका आसपास क्षेत्रमा सेवा पु¥याउन सकिनेछ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई केन्द्र विन्दुमा राखिएको डा श्रेष्ठले बताए ।
पशुमा लाग्ने महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले उत्पादन वृद्धि गर्न सकिनेछ । देख्दा नदेखिने जुका, माटे जस्ता रोगले दूध तथा मासु उत्पादन घटाइरहेका हुन्छन्, हामीलाई थाहा हुदैन् । उनले भने, “रोग पहिचान गरी समयमा औषधि उपचार गर्न सकिए किसानको आम्दानीमा वृद्धि हुनेछ ।”
बन्दिपुर र व्यासका पशुमा खोप
कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका बन्दिपुर गाउँपालिका र व्यासनगरपालिकामा पशुमा लाग्ने पाँच वटा प्रमुख रोग विरुद्ध पूर्ण रुपमा खोप लगाएको छ ।
कुखुरामा रानीखेत, गँबारो, बङ्गुरमा हैजा, गाईभँैसीमा खोरेत, चर्चरे, भ्यागुतेलगायतका रोगका लागि एक लाख ४० हजार ९१ भ्याक्सिन लगाइएको सो कार्यालयले जनाएको छ । जिल्लामा सरकारी तर्फबाट साँढे दुई लाख र निजीबाट व्यावसायिक किसानले चार लाखको हाराहारीमा खोप लगाएका छन् ।
उक्त दुई पालिकालाई खोप कार्यक्रम निरन्तर दिँदै यस वर्षदेखि पृथ्वीराजमार्ग हाइवेक्षेत्रमा रहेका म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका क्षेत्र थप गरी खोप लगाउने योजना रहेको छ । पशुमा देखिने उक्त रोग न्यूनीकरण नहुँदासम्म खोप कार्यलाई निरन्तरता दिइनेछ । उनले भने, “खोप दिएका पालिकालाई निरन्तरता दिँदै पछि सिङ्गो जिल्लालाई नै समेटेर पूर्ण खोप घोषण गर्ने लक्ष्य रहेको छ ।” पशुमा लाग्ने महामारीजन्य रोग नियन्त्रणको लागि खोप नै उत्तम विधि भएकोले भाइरसबाट सर्ने रोगलाई खोप बाहेक अरु विकल्प नरहेको डा श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १८ साउन २०७८, १३ : ०७
लेखकबाट थप