काठमाडौँ । इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाइएको छ ।
गाजा सहरको उत्तरपश्चिमी भागमा इजरायली लडाकु विमानले एउटा घरलाई निशाना बनाई आक्रमण गरेपछि छ जना बालबालिकासहित उनीहरूको मृत्यु भएको र अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।
स्थानीय स्रोतले बताएअनुसार इजरायली लडाकु विमानले गाजा सहरको उत्तरपश्चिमस्थित आवासीय घरमा प्रहार गरेको बम घटनास्थलमा पुगेको एम्बुलेन्समा लागेपछि ठूलो संख्यामा मानिसहरूको आक्रमणको सिकार भएको जनाइएको छ । गाजा सहरको दक्षिणपूर्वी भागमा रहेको अल जायतुनमा रहेको सालाह अल दिन मस्जिद पछाडिको घरमा भएको अर्को हवाई आक्रमणबाट पनि मानिसहरू घाइते भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ साउन २०८२, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
इजरायली आक्रमणमा लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो