सरकारद्वारा डेढ करोड डोज खोप खरिद सम्झौता

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १३ : ०३
सरकारद्वारा डेढ करोड डोज खोप खरिद सम्झौता

काठमाडौं । सरकारले वयस्क तथा किशोर किशोरीलाई लक्षित गरी कोभिड(१९ विरुद्ध १ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भएको जनाएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डेढ करोड खोप आपूर्तिका लागि खरिद सम्झौता भएको जनाएका हुन् ।

मन्त्री श्रेष्ठका अनुसार ४० लाख डोज मोर्डना, ५० लाख जोन्सन एन्ड जोन्सन, ४० लाख फाइजर र २० लाख अस्ट्राजेनेका खोप सुनिश्चित भएको हो ।

साथै, मन्त्री श्रेष्ठले तेस्रो लहरलाई मध्यनजर गरी पूर्वाधारको विस्तार, जनशक्ति व्यवस्थापन, पीपीई लगायत अत्यावश्यक सामाग्रीको व्यवस्थापन समेत गरिएको छ ।

अतिरिक्त स्वास्थ्यकर्मी परिचालन गरी एन्टीजेन र पीसीआर परीक्षणलाई पनि व्यापक बनाइने राज्यमन्त्री श्रेष्ठले जनाए । चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाउने सरकारको योजना रहेको समेत उनले सुनाए ।

कांग्रेसको घोषणापत्रमा उल्लेख भएअनुुसार सबै नेपाली नागरिकको स्वास्थ्य बीमालाई सुनिश्चित गर्ने बुँदालाई कार्यान्वयन गर्ने घोषणा पनि राज्यमन्त्री श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस