काठमाडौं । एमाले अध्यक्ष केपी ओली कहिले गरम, कहिले नरम देखिदै आएका छन् । उनी अझै पनि आफ्ना प्रतिस्पर्धी नेता माधव नेपाललाई एमालेबाट हटाईछाड्ने र अन्य नेपाल समुहका नेतालाई तितरवितर र अभिभावक विहिन बनाएर एमालेमा आफुसँग आत्मसमर्पण गराउने योजनामा तल्लिन देखिएका छन् ।
नेपाल सुमहका नेताहरुले नेपाल बिनाको एकता नहुने बताईरहदा ओलीले एकताको नारा जपेपनि खासमा उनी नेपाल बिनाको एमाले बनाउने प्रयासमा जुटेको जुट्यै छन् । त्यही भएर उनले नेपालले पार्टी विवाद मिलाउने प्रयास गर्ने बित्तिकै नेपालप्रति कटाक्ष शुरु गरिहाल्छन् ।आइतबार पनि त्यस्तै भएको छ । नेपालले माओवादी अध्यक्ष प्रचण्डसँग अव आफुहरु सरकारमा सहभागी नहुने र पार्टीभित्रको विवाद मिल्ने अवस्था तिर गएको सन्देश दिएकै दिन नेपाललाई ओलीले कटाक्ष गरेका छन् । ओलीले बेशरम सम्मको शब्द प्रहार गरी नेपालमाथी कडा टिप्पणी गरेका छन् ।
एकपक्षिय रुपमा विधान महाधिवेशनको तयारी गर्ने देखि वडा, गाँउ पालिका सम्मको अधिवेशन गराउने सम्मको कार्यतालिका बनाएर अगाडी बढेका छन् । नेपालले पार्टीभित्र आफनो समुहको बराबरी हिस्सेदारी हुनुपर्ने माग, आफ्नो समुहका नेताहरुको स्थानिय तहको चुनाव देखि केन्द्र प्रदेशसम्मको टिकट सुरक्षित गराउनका लागि खोजेका हुन् । तर ओलीले दोस्रो अध्यक्ष दिने भनेर माधव नेपाललाई पदलोलुप देखाउन चाहिरहेका छन् ।
उनी जसरी हुन्छ, यो गठबन्धन टिक्न नदिने, सकेसम्म छिटो मुलुकलाई चुनावमा धकेल्ने र नभए अनेक बहना बनाएर फेरि आफु सरकारमा आउन खोज्ने गरी अगाडी बढेका छन् । त्यसका लागि पहिले उनलाई आफ्नै पार्टीभित्र माधव नेपाल समहुलाई छिन्नभिन्न र कमजोर पार्नुपर्ने आवश्यकता छ । त्यही कारण पनि उनी अहिले कहिले असाध्यै नरम भएर एकताको कुरा गर्छन्, कहिले असाध्यै गरम भएर देशद्रोही सम्मको कडा आरोप माधव नेपालमाथी लगाईरहेका छन् ।
खासमा ओलीले पार्टीभित्रको विवादमा नेपाल समुहलाई अलमलाउने, छिन्नभिन्न पार्ने र समुह विभाजित बनाएर कमजोर बनाउने रणनीतिमा देखिएका छन् । नेपाल समुह सत्ता गठबन्धनसँग मिलेर कतै राष्ट्रपतिमाथी महाअभियोगको तयारीमा जुट्न सक्छन् की भन्ने भय ओलीलाई छ । अहिले ओलीलाई एमाले एकता भन्दा पनि राष्ट्रपतिमाथी केही गरिहाल्छन्की सत्ता गठबन्धन दलले भन्ने चिन्ताले पिरोलेका छन् । त्यही भएर उनले अनेक उपायको खोजी गरिरहेका छन् । ओलीको यो खालको रणनीति माधव नेपाल समुहकै नेताहरुले बुझ्न नसक्दा नेपाल यतिबेला अप्ठयारोमा छन् ।
नेपाल समुहबाट विवादको आन्तरिक छलफल गर्न गठित कार्यदलका सदस्यहरु अन्तिम समयमा नेपाललाई नै धोका दिने गरी ओलीसँगै मिल्न लम्पसार पर्न थालेपछि माधव नेपाल असाध्यै अप्ठ्यारोमा छन् । भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरु ओलीको गुलियोमा भुलेका मात्र छैनन्, पछिल्लो चरण वेदुराम भुषाल, युवराज ज्ञवाली र रघुजी पन्त सम्मले पनि शक्ति बाँडफाँडमा कुरा मिले मिल्न तयार हुनुपर्ने भन्दै दबाब दिन थालेका छन् ।
जसले गर्दा माधव नेपाल अप्ठ्यारोमा परेका छन् । तर ओली भने आफनो मिसनमै अगाडी बढेको देखिन्छ । सत्ताबाट बाहिरिनु पर्दा सबैभन्दा बढी छटपटाहट ओलीमा छ । उनी जसरी हुन्छ, यो गठबन्धन टिक्न नदिने, सकेसम्म छिटो मुलुकलाई चुनावमा धकेल्ने र नभए अनेक बहना बनाएर फेरि आफु सरकारमा आउन खोज्ने गरी अगाडी बढेका छन् ।
त्यसका लागि पहिले उनलाई आफ्नै पार्टीभित्र माधव नेपाल समहुलाई छिन्नभिन्न र कमजोर पार्नुपर्ने आवश्यकता छ । त्यही कारण पनि उनी अहिले कहिले असाध्यै नरम भएर एकताको कुरा गर्छन्, कहिले असाध्यै गरम भएर देशद्रोही सम्मको कडा आरोप माधव नेपालमाथी लगाईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ साउन २०७८, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल
सेनाको सुरक्षाबाट माधव नेपाल पनि निस्किए