काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै छ । छानविनका लागि छुट्टै समिति बनाएर काम गर्दा पनि १३ वटा निर्वाचन क्षेत्रको विवाद अझै टुंगिएको छैन । पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला अधिवेशनको मुडमा हुन्थ्यो । वडा र गाउँ तथा नगर कमिटी चयन भइसक्थ्यो भने केन्द्रीय महाधिवेशनको गर्मागमी चलिरहेको हुन्थ्यो ।
सिन्धुपाल्चोकमा समायोजनको विवाद बढी पेचिलो छ । दुई निर्वाचन क्षेत्र रहेको यो जिल्लामा राप्रपाबाट कांग्रेस प्रवेश गरेकाहरुका लागि १३ सय क्रियाशील सदस्यता फारम उपलब्ध गराइएको थियो । तर केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामाले आफू निकट कार्यकर्तालाई क्रियाशील वितरण गरेको भन्दै राप्रपाबाट कांग्रेस प्रवेश गरेकाहरुले उजुरी दिएका छन् । सिन्धुपाल्चोकमा समायोजनबाहेक नयाँ र पुरानो गरी करिव १६ हजार क्रियाशील सदस्य छन् ।
रसुवामा नयाँ र पुरानो गरी ३२०० क्रियाशील सदस्य पुगेका छन् । यसमा समायोजनबाट १२०० थपिएका छन् । त्यही थपिएको १२०० क्रियाशीलमा विवाद छ । पूर्वराष्ट्रपति डा रामवरण यादवका छोरा डा चन्द्रमोहन यादव र पूर्वमन्त्री महेन्द्र यादवको क्षेत्र हो धनुषा क्षेत्र नं ४ । यहाँ १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताको विवाद छ, नयाँ र समायोजनबाट आएका क्रियाशीलको विवाद थपिएपछि छानविन समितिले सहमति जुटाउन सकेन ।
क्रियाशील सदस्यता छानविन गर्न कांग्रेसले रमेश लेखकको नेतृत्वमा समिति बनाएको थियो, जसले १५२ निर्वाचन क्षेत्रको विवाद सुल्झाएको छ भने १३ क्षेत्रको विवाद पहिचान गरेको छ । सदस्यता विवादले कांग्रेसको महाधिवेसन नै संकटमा परेको छ । कांग्रेसका एक प्रभावशाली नेताका अनुसार महाधिवेसन नै संटमा परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ साउन २०७८, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै