काठमाडौं । एमालेमा आन्तरिक विवाद अब धेरै नअल्झिने संकेत देखिएको छ । नेपालले अडान नछोडने र ओलीले धेरै नपर्खिने कारणले अव एमालेको आन्तरिक विवादको छिनोफानो आज भोलि तिरै हुने संकेत देखिएको हो ।
एकता प्रयासका लागि विघिटन कार्यदलका नेताहरुको दौडधुप जारी छ । तर मुख्य दुई शीर्ष नेताहरुको बोली र ब्यवहार आफ्नै खालको छ । जसकाकारण एकता भन्दा विग्रह नजिकिँदो छ ।
ओलीले गत बुधबार देखि नै अब विवादमा धेरै समय अल्झिन नसकिने भन्दै शनिवारसम्मको अल्टिमेटम दिएका थिए । तर, उनले फेरि भाका सारेका छन् । माधव नेपाललाई आरोपित गरेर भाषणवाजी गरेको दिन नै उनी एकाध घण्टामै फेरि भाका सार्न तयार भएका छन् ।
ओलीले भाका सारेर आज मध्यान्ह् सम्म समय तोकेका छन् । अर्थात हिजो दिउासे ३ वजे बोलाईएको पार्टी वैठक आज आइतबार ३ बजेका लागि सारिएको छ । एकपक्षिय पार्टी बैठक गर्दै जाने र माधव नेपालसंग जुहारीमात्रै खेलिरहने गर्दा एकता प्रक्रिया धेरै पर पुग्न सक्ने भन्दै अन्तिम प्रयास गर्ने तयारी भएको कार्यदलका नेताहरुको आग्रह् पछि ओली एक दिनलाई बैठक रोक्न तयार भएका थिए ।
शनिवार ओलीले काठमाडौं जिल्ला कमिटिको बैठकमा नेपालप्रति कडा टिप्पणी गरेका थिए । उता माधव नेपालले पनि युवा विद्यार्थीको फोर्सलाई सम्वोधन गरेका थिए । तयारी आ आफ्नैमा जुटन थालेपछि एकता प्रयास गरिरहेका कार्यदलका दुबै तर्फका नेताहरुले सिंहदरवारमा छलफल गरेका थिए । छलफलमा नेपाल समुहकै नेताहरुले नेपालले अप्ठ्यारो पारेको बताउँदै थिए ।
एक दिनका लागि ओलीले बोलाएको स्थायी कमिटि बैठक रोक्ने र एकचरण नेपालसंग कुरा गर्ने र पार्टी एकताको छिनोफानो लगाउने प्रस्ताव विघिटित कार्यदलमा रहेका नेपाल निकटका नेताहरुले राखेपछि त्यहीवाट उनीहरुले माधव नेपालसँग भेटनका लागि समय लिएका थिए ।
भीम रावलले नेता नेपाललाई फोन गरेर समय माग गरेका थिए । ‘एकपटक भेटनुपर्ने भयो, कमरेड म भेटन आउँछु ।समय दिनुपर्यो ’ नेपालसंग रावलले भने । कार्की ब्यांकेटमा आफु निकटका युवा विद्यार्थीको भेलामा रहेका नेपालले दिउँसो ३ बजेलाई समय दिए ।
त्यसपछि रावल लगायत कार्यदलमा रहेका नेपाल पक्षका ५ जना नेता नै नेपालको निवास कोटेश्वर पुगेका थिए । शुरुमै नेपालले तपाईहरु त एकजुट भएर आउनु भएको छ त ? भन्दै प्रश्न गरेका थिए ।
त्यसपछि रावलले भूमिका बाध्दै हामी अझै एमाले एकताको प्रयासमा जुटिरहेको र अहिले पनि ओली पक्षका नेताहरुसँग सिंहदरवारमा छलफल गरेर कोटेश्वर आईपुगेको जानकारी दिएका थिए ।
१० वुँदे सहमति मानेर जाने की नजाने ? नेपालसँग त्यसपछि एकपछि अर्काे गदै नेताहरुले प्रश्न सोध्न थाले । पावर सेयरिङमा पनि अर्काे अध्यक्ष दिने प्रस्ताव उनीहरुको छ, अब एकता वाहेक अर्काे सोच्नुहुन्न, एकतामा जाऔं नेपाललाई आफ्नै कार्यदलका नेताहरुको प्रश्न थियो । तर नेपालले ओलीको विश्वास नभएको उही पूरानै अडान दोहोराएका थिए ।
मलाई ओलीको विश्वासै छैन , उनलाई अध्यक्ष मानेर कसरी जाने ? के उनले अध्यक्ष पद छोडन तयार छन् ? नेपालले आफ्नै कार्यदलका सदस्यसाग सोधेका थिए ।
वरावरी हैसियतको हस्ताक्षर चल्ने गरी नै ओली पार्टीमा दुई अध्यक्ष बनाउन तयार हो होइन, अध्यक्ष मण्डल बनाएर जान पो तयार हो की ? या उनी अध्यक्ष नै छोडन तयार हो ? के यसमा ओली तयार छन् त ? नेपालले आफु निकटका नेताहरुसँग सोधे । तर उनीहरुले नेपालले सोधेको जवाफमा खास प्रतिक्रिया दिएनन ।
मात्रै उनीहरुले १० वुँदो सहमति तपाई मान्ने की नमान्ने मात्र प्रश्न गरिरहे । त्यसपछि भने नेपालले तपाईहरुलाई ओलीकाहाँ कहिले जाने भन्ने भएको होला जानुस्, मेरो भन्नु केही छैन भन्ने जवाफ दिए ।
नेपालसँगको कुराकानी उस्तै छ । प्रगति केही छैन । ओलीले आजै दिउँसो ३ वजे स्थायी कमिटि बोलाएका छन् । त्यसअगाडी फेरि छलफल गर्ने तयारीमा कार्यदलका नेताहरु छन् । तर ओली र नेपालका वीचमा कुनै सम्वादको सुरसार छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ साउन २०७८, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव